भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, साउन २ – बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार भएको चौथो मैत्रीपूर्ण खेलमा बेलायतको स्थानीय क्लब इस्टबर्न क्रिकेट क्लबसामु  तीन सय रन बनाएको छ ।  

आइतबार भएको एक दिवसीय खेलमा नेपाली टोलीले मात्र तीन विकेट गुमाएर इस्टबर्नसामु तीन सय एक रनको लक्ष्य प्रस्तुत गरेको हो । आइतबारको यो खेलमा नेपालको व्याटिङ निकै आक्रामक देखिएको छ । 

नेपालका लागि विनोद भन्डारी र राजु रिजाल नट आउट रहे । विनोदले ५३ बल खेल्दै ७७ रन बनाए भने राजु रिजालले ६७ बल खेल्दै ६० रन बनाए । त्यस्तै ओपनर अनिल मण्डलले ११० बलको सामना गर्दै ७३ रन । 

अर्का ओपनर सुवास खकुरेल १३ बल खेलेर ६ रन बनाउँदै क्याच आउट भएका थिए । खकुरेल आउट भएपछि मैदानमा आएका सरद भेषवाकरले ५७ बल खेल्दै ६० रन बनाएर आउट भएका थिए । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top