भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
चितवन, १४ साउन । चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरी पनि अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध भएपछि अहिले नारायणगढदेखि काठमाडौँ जाने तथा काठमाडौँ, पोखरालगायत क्षेत्रबाट नारायणगढ आउने यातायातका साधन बाटोमै रोकिएका छन् ।
पानीपर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन मुग्लिन र भरतपुरतर्फबाट डोजर र स्काइभेटर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment