भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौं, १६ साउन - भारतीयलाई कुटेर लखेटेका सप्तरी तिलाठीका देवनारायण यादव अहिले सामाजिक संजाल लगायत विभिन्न संचारमाध्यममा हिरो भएका छन् ।
गत बिहीबार राती दशगजा क्षेत्रमा जबरजस्ती बाँध बनाउँदै गरेका भारतीयहरुलाई लाठीले कुटेर लखेटेपछि उनको अहिले चारैतिर प्रशंसा भइरहेको छ ।
कुरा के हो भने, सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा गत बिहीबार राती भारतीय पक्षले जबरजस्ती बाँध बनाउँदै गरेको चाल पाएपछि पूर्व जिविस सदस्य समेत रहेका यादवसहितका महिला, केटाकेटीहरुको समुह बाँध भत्काउन त्यहाँ पुगेका थिए ।
बाँध निर्माण गर्न पाइदैन भन्दै नेपाली पक्षले विरोध गर्न थालेपछि नेपाली र भारतीयबीच झडप समेत भयो ।
उक्त झडपमा पूर्व जिविस सदस्य देवनारायण यादव सहित १० नेपाली घाईते भएका थिए ।
नेपाली पक्षबाट कडा विरोध भएपछि भारतीयले थालेको बाँध निर्माणको कार्य रोकको छ। घाईते भएका यादवसहितलाई मनकारीहरुले थप उपचारको लागि काठमाडौं झिकाएका छन् ।
उपचार कै लागि उनलाई आर्थिक सहयोग पनि गरिएको छ । काठमाडौंका पहाडीयाले तराई मूलका बासिन्दालाई हेला भाव गरेको भन्ने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोको भनाईलाई काठमाडौं बासीले धुलो चटाएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment