भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

१५ असोज, दक्षिण कोरिया।
कोरियाको योङजुमा कार दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । दुर्घटनामा पाल्पा घर भएका झण्डै तीस वर्षिय हेमन्त आचार्यको ज्यान गएको हो । पाँच वर्ष पुरा गरी सिबिटी परिक्षा दिएर पुनः कोरिया आएको सात महिना पुग्दा उक्त दुःखद दुर्घटना हुन पुगेको उनका सहकर्मीले जनाएका छन् ।
घटना आज बिहान साढे तीन बजे भएको बताइएको छ । साथी सुवास मुखियाले चलाएको कार रोकिरहेको ट्रकमा लगेर ठक्काएर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते चालक मुखियाको अवश्था गम्भिर रहेको र उनको खिदोक योङजु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको वास्तविक कारण भने थाहा हुन सकेको छैन् ।
मृतक आचार्य विवाहित भएको बुझिएको छ । राजधानी सोलस्थित नेपाली दुतावासमा श्रम सहचारी देवराज ढकालले घटनाको बारेमा नेपालीबाट जानकारी आएको भएपनि कोरियन प्रहरीबाट दुतावासलाई कुनै सुचना नआएको बताएका छन् । घटनाका बारेमा बुझ्ने प्रयास भइरहेको श्रम सहचारी ढकालले बताए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top