भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
नयाँदिल्ली, १७ साउन । चीनको पिपुल्स लिब्रेसन आर्मी (पीएलए) को एक अत्याधुनिक फाइटर जेटले आफ्नो भूमिको जासुसी गरेको आरोप भारतले लगाएको छ ।
भारतीय जासुसी एजेन्सीले गरेको दाबी अनुसार आधुनिक राडार प्रविधि र र एचडी क्यामेरा जडित चिनियाँ फाइटर जेटले यसै वर्षको सुरुवातमा आफ्नो क्षेत्रको आकाशमा उडेर जासुसी गरेको हो ।
चिनियाँ सेनाले २ देखि ३ पटकसम्म यही फाइटरबाट हिमाञ्चल प्रदेश, उत्तर प्रदेश र उत्तराखन्डको रेकी गरेको भारतीय पक्षको भनाइ छ ।
यही बीचमा गत जुलाई १९ का दिन उत्तराखन्डको चमोलीमा चिनियाँ सैनिकको ठूलो टोली छिरेको समाचार आएको थियो ।
समाचार अनुसार चिनियाँ फाइटर जेट (ट्युपइलोभ्टु १५३ एम) बाट आफ्नो भूमिमा जासुसी गरिएको जानकारी उत्तराखन्ड चिनियाँ सेना छिरेपछिको जाँचबाट खुलेको हो ।
भारतीय रक्षामन्त्रालयका एक अधिकारीलाई उधृत गर्दै प्रकाशित समाचार अनुसार चिनियाँ कम्पनीले यो फाइटर जेट अमेरिकी प्रविधिको सदुपयोग गर्दै बनाएको हो ।
राडारको सम्पर्कमा नआउने यो फाइटर जेट ४० देखि ६० हजार फिटमाथिसम्म सजिलै उडान भर्ने क्षमता राख्दछ ।
यसमा लागेको एचडी क्यामेराबाट खराब मौसम र रातमा पनि जमीनको कुनै ठूलो इलाकाको उच्च क्षमतामा तस्बिर लिन सक्छ ।
चिनियाँ फाइटरले भारतको आकाशमा उडान भरेको सूचना विदेशस्थित जासुसी संस्थाबाट भारतलाई प्राप्त भएको हो ।
यसअघि १९ जुलाईमा चिनियाँ सैनिकको हतियारवद्ध फौज उत्तराखन्डमा पसेर करिब एक घन्टापछि फर्केको थियो ।
करिब ४० मिनेटसम्म भारतीय तिब्बत सीमा सुरक्षा फौज र चिनियाँ फौज आमने सामने भएका थिए । यसका साथै चिनियाँ सेनाको हेलिकोप्टरपनि भारतीय सीमाक्षेत्रमा आएको थियो ।
त्यो बेला पाँच मिनेटसम्म भारतीय सीमाक्षेत्रमा चक्कर लगाएको हेलिकोप्टरले केही तस्बिर खिचेर फिर्ता गएको थियो ।
भारतीय तिब्बत सीमा सुरक्षा बल आईटीबीपीले यसको रिपोर्ट केन्द्रीय गृहमन्त्रालयमा पठाएको थियो । उत्तराखण्डका मूख्मन्त्री हरिश रावतले पनि यस घटनाको पुष्टि गरेका थिए ।
पछिल्लो केही सालमा चिनियाँ सैनिक अरुणाचल प्रदेश, सिक्किम र जम्मु-कश्मीरमा पटक पटक पसिसकेको छ । यसअघि उत्तरखण्डको भारतीय भूमिमा छिरेको चिनियाँ सेनाले एक ढुंगामा आफ्नो दाबी गर्दै ‘चाइना’ लेखेर फर्किएको थियो l
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment