भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

श्रावण १६, २०७३- राजधानीको क्षेत्रपाटीमा भएको ग्याङफाइटमा एकजनाको मृत्यु भएको छ । युवतीको विषयलाई लिएर भएको ग्याङफाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । वृत्त प्रमुख सोमेन्द्रसिंह राठौरका अनुसार फाइटपछि घाइते भएका श्रेष्ठको उपचारको क्रममा काठमाडौं अस्पतालमा दिउँसो साढे २ बजे मृत्यु भएको हो ।
फाइल फोटो
फाइटमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहास थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल रहेका छन् । प्रहरीले अन्य ८ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।
राठौरले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top