भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं १५ साउन । भारतीयले सिमामा जबरजस्ति बाँध लगाएपछि प्रतिरोध गर्ने क्रममा घाईते भएका घाईते भएका देवनारायण यादव सहितका घाईतेहरु थप उपचारको लागि काठमाडौं आएका छन् ।
उनीहरुलाई यतिबेला मनमोहन अस्पताल लगिँदै गरेको अनेरास्ववियुका सुदेश पराजुलीले जानकारी दिए । केही समय अघि मात्रै विमानस्थल झरेका उनीहरुलाई केही बेरमा मनमोहन अस्पताल पुर्याईने जनाइएको छ ।
नेपाल भारत सीमावर्ती गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर विहीबार साँझ दोहोरो झडपमा परी नेपाली पक्षका एक दर्जन सर्वसाधारण घाइते थिए ।
घाईते मध्येका देव नारायण यादवले आफू नेपाली भूमिको लागि लड्ने र मर्ने बताएका थिए। भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउने क्रममा जारी राखेपछि भारत र नेपाल पक्षका बासिन्दा बीच दोहोरो झडपले उग्र रुप लिएपछि नेपाली पक्षका एक दर्जन वासिन्दा घाइते भएका थिए ।
भारतीय पक्षबाट ढुङ्गा, लाठी, फट्ठा आदिले प्रहार गर्दा जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव, तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका हुन

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top