भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

एजेन्सी– स्वीडेन सरकारले आफ्ना नागरिकहरुको बेडरुमको गतिविधिको बारेमा थप अनुसन्धान गर्ने भएको छ । आफ्ना नागरिकहरुको यौन गतिविधि नगन्य देखिएपछि सरकारको त्यसतर्फ चासो बढेको हो । स्केन्डिभियन मुलुक स्वीडेनले २० वर्षदेखि नागरिकको यौन गतिविधिको गहन अध्ययन गरेपछि यसतर्फ चासो बढेको हो । नागरिकको यौन गतिविधिका विषयमा थप अध्ययन आवश्यक परेको त्यहाँका जन स्वास्थ्य मन्त्री ग्याब्रियल विकस्ट्रोमले बताए ।
सोही विषयमा सरकारले अब तत्कालै अर्को सर्बेक्षण गर्ने उनले जानाकारी दिए । यौन स्वास्थ्य नीतिमा यौनको आनन्दमयी पक्ष समावेश हुनुपर्ने उनको तर्क गरेका छन् । हालै एक अखबारले पनि स्वीडेनका नागरिक यौनका मामिलामा ‘चिसा ’ भएको सन्र्दभ समेत उनले प्रस्तुत गरेका छन् । सोही सन्र्दभलाई जोडेर स्वास्थ्य मन्त्रीले स्वीडीसहरु यौनप्रति कम चाहना देखाउने गरेको धारण एक दैनिक पत्रिकामा लेखेका छन् ।
तनाबले नागरिकको यौन चाहना घटाएको हुन सक्ने उनले बताए । सरकारले यस विषयमा अर्काे वृहत अध्ययन गर्ने र त्यसको रिपोर्ट आगामी जुन २०१९ सम्ममा सार्बजनिक गर्ने उनले जानकारी दिए । ‘विज्ञापनदेखि समाजिक सञ्जालका कारण समाजमा सेक्सबारे पर्याप्त जानकारी भए पनि यौन स्वास्थका बारेमा हामी बोल्न अझै लाज मान्छौं र राजनीतिक बहसमा यसलाई समावेश गरिदैन,’ उनले भने ।
‘अभिभावकदेखि वरिष्ठ अधिकारीले यौनका बारेमा बोल्न गाह्रो मान्छन भने हामीले कसरी धारणा परिबर्तन गर्छौं ?’ उनले भने ।
‘उनीहरुले यौन चाहन नदेखाउनुको कारण बारे गहन अध्ययन गर्नुपर्छ, यदि तनाबकै कारण यौन चाहना घटेको हो भने त्यो राजनीतिक समस्या हो,’ उनले थपे ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top