भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, साउन १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशलाई सम्बृद्धिको बाटोमा अघि बढाउन थालेपछि अरु दलले अतालिएर सरकार परिवर्तन गरेको आरोप लगाउनुभएको छ ।
एभिन्यूज टेलिभिजन १० औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले देशलाई सम्बृद्धिको बाटोमा अघि बढाउने ठोस योजनासहित सरकार अघि बढेको देखेपछि केही दललाई निद्रा नलागेको र सरकार फेर्ने निर्णय गरेको दावी गर्नुभएको हो ।
‘हामीले धमाधम देश विकासका कार्यक्रम घोषणा गर्यौँ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनि उनीहरुलाई लाग्छ निद्रा ? अझै केही महिना रह्यो भने यो सरकारले धेरै काम गर्छ भन्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।’
आफूलाई केही दलका नेताले तपाईंले त हाम्रो पार्टीको साइनबोर्ड नै हटाइदिने हुनुभयो भनेको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म उनीहरुका पार्टीका साइनबोर्ड बचाइदिउँ कि देशलाई विकासको बाटोमा अघि बढाउँ ?’ सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको तथा हिमाल पहाड तराईमा उन्नतीको बाटो पहिल्याएकाले अब बन्ने सरकार कुन बाटोमा हिँड्ने भनेर अल्मलिनुको साटो अहिलेकै सरकारले देखाएको बाटोमा हिँड्नसुझाव दिनुभयो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top