भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौं,१५ साउन । भारतले नेपाली सीमा क्षेत्रमा बनाएका सबै बाँधका विषयमा सरकारले उच्चस्तरमा वार्ता गर्ने भएको छ । कामचलाउ रहेकै अवस्थामा पनि सरकारले गम्भिर समस्या भएकाले भारतको केन्द्रसरकारसँग छलफल गर्ने निष्कर्ष निकालेको हो । त्यसका लागि परराष्ट्रसचिवलाई निर्देशिन दिइसकेको उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जानकारी दिए । भारतीय पक्षबाट दसजगामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछि बढेको तनाव बारम्बार दोहोरिएकाले सरकारले गम्भिर रुपमा लिएको उनले बताए ।
सप्तरीको तिलाठीमा हिजो तत्काल बाध नबनाउने सहमति भएको छ । सप्तरीको तिलाठी घटना स्थानीय स्तरमा साम्य पारिए पनि दीर्घकालीलन समाधानको पहल आबश्यक भएकाले सरकारले चासो राखेको रावलले बताए । ‘तिलाठीमा गृहमन्त्रालयको निर्देशनमा स्थानिय स्तरमा समस्या तत्काललाई समाधान भएको ।छ’ रावलले भन्ने, तर यसले गम्भिर समस्या उत्पन्न हुने खतरा हामीले देखेका छौ त्यसकाराण केन्द्रतहमा नै वार्ता गरेर समस्या समाधान गर्नुपर्छ । ’
दशगजा क्षेत्रलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप राखेर अघि बढाउने अवस्था छ । त्यत्रो सीमाका विषयमा अप्ठ्यारो पर्दापनि मधेसी जनताको लागि लडेको बताउने दलहरु नदेखिएको उनले टिप्पणी गरे । उनले बाढी प्रभावितहरुका लागि सरकारले विषेश ध्यान दिएको र राहात र उद्धारमा टोली नै परिचालन गरिएको बताए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment