भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
काठमाडौँ, १७ साउन । बोलबम कावारिया सङ्घको आयोजनामा आइतबार राति १२ बजेदेखि हजारौँ बोलबम यात्रीले सुन्दरीजलस्थित बागमती नदीबाट शुद्ध जल ल्याई पशुपतिमा चढाइरहेका छन् । साउनको सोमबार शुद्ध जल शिवालयमा अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो विश्वासमा आइतबार दिउँसोदेखिनै श्रद्धालु भक्तजन सुन्दरीजलस्थित उर्खेनी माविमा आई बसेका थिए । शुद्धजल लिन सुन्दरीजल आएका भक्तजनलाई सङ्घले आइतबार बेलुकी निःशुल्क प्रसाद वितरण गरेको अध्यक्ष रामज्ञा रोनियारले राससलाई जानकारी दिनुभयो ।
आइतबार राति आयोजित कार्यक्रममा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालगायतका नेताले बोलबम यात्राले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको बताउनुभयो । बीस वर्षअघि तराईवासीले सुरु गरेको सुन्दरीजल पशुपति बोलबम यात्रामा अहिले पहाडी समुदायका मानिसको पनि उल्लेखनीय सहभागिता छ । “बिहान १ बजे नै शुद्ध जल लिएर पशुपति आइपुगेका भक्तजनले २ बजेदेखि जल अर्पण गर्ने व्यवस्था गरिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताउनुभयो ।”
“बिहानदेखि तीन लाइनबाट पशुपतिभित्र प्रवेश गरी पूजा, दर्शन र जल अर्पण गर्ने व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयो पशुपतिलाई १२ ज्योति लिङ्गको पनि शिरोभाग मानिने भएकाले साउन महिनामा भारतीय भक्तजनसमेत सुन्दरीजल पशुपति बोलबम यात्रामा आउने गर्छन् ।साउनको तेस्रो सोमबार आज बिहानदेखि पशुपतिमा वर्तालु महिलाको पनि भीड लागेको कोषले जनाएको छ । रासस
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment