भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

मलेसिया–मलेसियाको मरियाना टापुमा ७.७ रेक्टर स्केलको भूकम्प आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युएस जियोलोजिकलका अनुसार शनिबार अरिगन टापु भन्दा १९ किमी दक्षिणी –पश्चिम मरियाना टापुमा ७.७ रेक्टरको भूकम्प आएको जनाएको छ।
सो संस्थाले भूकम्पको गहिराई जमिन भन्दा २ सय १२ किमि तल रहेको जनाएको छ।
भूकम्पपछि सुनामीको कुनै खतरा नभएको भन्दै राष्ट्रिय सुनामी चेतावनी केन्द्रले हालसम्म सुनामीको कुनै चेतावनी दिइएको छैन। भूकम्पमा परी कुनै मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन। युएसजिएसले केही घण्टासम्म उक्त क्षेत्रमा भूकम्पको पराकम्पन महशुस गरिने जनाएको छ। ७.७ रेक्टरको भूकम्प लगत्तै ४.९ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको जनाएको छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top