भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २ – बलिउड अभिनेता अजय देवगनले आमिर खानको फिल्म दंगलको प्रमोशन गर्ने भएका छन् । आफूले फिल्ममा अभिनय नगरेको भएपनि फिल्मको प्रमोशन गर्ने कुरा अजयले ट्विटर मा शेयर गरेका छन् ।  उनको यो निर्णय सुनेर धेरैले अचम्म पनि मानेका छन् । किनकी आफ्नो प्रतिस्पर्धीको फिल्म सामान्यतया कसैले पनि प्रमोशन गरेको पार्इंदैन ।  

अजयले ट्वीट गर्दै आफू गर्ल पावरलाई समर्थन गर्ने भन्दै łम गर्ल पावरको समर्थन गर्छु र यदि दंगालको विषयबस्तु पनि यसैमा केन्द्रित छ भने, म दंगाललाई गर्ल इम्पावरमेन्टको बिषयमा केन्द्रित छ भने म पक्कै पनि प्रमोशन गर्नेछु’ लेखेका छन् । पहिला गर्ल पावरको कुरा गर्दा अजयको खिल्ली उडाइएको थियो । त्यसैको जवाफका हिसाबमा अजयले ट्वीट गरेका हुन् । 

आमिर खानको फिल्म दंगल रेसलर महावीर सिंघ फोगट र उनकी छोरीहरु गीता र बबिताको जीवनमा आधारित छ । गीता र बबिताले कमनवेल्थ गेम्स सन् २०१० मा सिल्वर र गोल्ड मेडल जितेका थिए । दंगल २३ डिसेम्बरमा रिलिज हुँदैछ ।  

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top