भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

हप्ता दिनअघि बक्राहा खोलाको बाढीले भत्काएको बाँध निर्माणमा मोरङको राजघाट–३ गंगटे क्षेत्रका सर्वसाधारण आफैँले बाँध निर्माण सुरु गरेका छन् ।
एक हप्ताअघि आएको बाढीले सो बाँध भत्काउँदा राजघाट–३ क्षेत्रको १५० मिटर जमिन कटान गरेको थियो । स्थानीयवासी अगुवा नारायण बस्नेतका अनुसार सरकारी निकायलाई बाँध निर्माणका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि गाउँले मिलेर तटबन्ध निर्माण सुरु गरेका हुन् ।
स्थानीय घलेश्वर राईका अनुसार सो गाउँका सबै सर्वसाधारणले आ–आफैँ रकम उठाएर बक्राहाको बाँध निर्माणका लाग्ने सामग्री खरिद गरेका हुन्। राईका अनुसार वर्षा भएपछि खोलामा बाढी आएर गाउँ पस्ने डरले राजघाट–३ का स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् । सो बक्राहा खोलामा आएको बाढी राजघाट–३ हुँदै गाउँ पस्दा गोविन्दपुर, हसन्दह, अमरदह, राजघाट, सिजुवा, सौठा, डाइनियाँ, दुर्गापरीलगायतका एक दर्जन गाविसका एक लाख जनता विस्थापित हुने स्थानीयवासी अगुवा नारायण बस्नेतको भनाइ छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top