भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन १६ – अमेरिकाको टेक्सस राज्यको एक हवाई सेवा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको आशंका गरिएको छ । अमेरिकी अधिकारीले यसमा सवारहरुको जीवित हुने सम्भावना कम रहेको बताएका छन् ।
हादसाको स्थानीय समय अनुसार बिहान ७ : ४० मा यो दुर्घटना भएको हो । एयर बेलुन खेतमा झरेको छ । यो ठाउँमा टेक्ससको राजधानीबाट झण्डै ५० किलोमिटर टाढा छ । सञ्चार माध्यमले विजुलीको तारमा ठोक्किएर आगो लागेको हुनसक्ने भन्दै समाचार छापेका छन् । लोकहार्टले समाचार लेखेको छ एयर बेलुन एक घण्टाका लागि उडेको थियो तर आधा घण्टामा नै खस्यो । नेशनल टान्सपोर्ट सेफ्टी बोर्डले यो घटनाको छानबिन गरिरहेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top