भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवालाई मन्त्री वनाए कडा प्रतिवाद गर्ने चेतावनी नेता रामचन्द्र पौडेल र खुमबहादुर खड्काले दिएका छन् । ९ महिनापछि आफ्नो नेतृत्वमा बन्ने सरकारमा पत्नी आरजुलाई मन्त्री बनाउँदा विरोध आउने देखेपछि देउवाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री बनाउने सुर कसेका छन् । देउवाले पत्नीलाई मन्त्री बनाउन लागेको थाहा पाएपछि पौडेल र खड्काले आपत्ति जनाएका हुन् ।
देउवाले पत्नी आरजुलाई प्रचण्ड नेतृत्वको सरकारमा परराष्टमन्त्री बनाउने तयारी थालेका बेला शनिवार कांग्रेस नेता पौडेल र खड्का एक ठाउँमा आएका छन् । शनिवार नै पौडेल र खडकाबीच गोप्य छलफल पनि भएको स्रोतले बताएको छ । छलफलमा देउवाले मन्त्रीमा मनोमानी गरे र पत्नी आरजुलाई सरकारमा पठाए कडा प्रतिवाद गर्ने सहमति भएको स्रोतको दावी छ ।
देउवा निकटका केही ब्यक्तिहरु आरजुलाई परराष्टमन्त्री बनाउन लविड थालिरहेका छन् । उनीहरुले कांग्रेसका नेतादेखि माओवादी केन्द्रका नेतासम्म लविड थालिरहेका छन् । देउवा पक्षका नेताहरुले आरजुलाई मन्त्री बनाउन प्रचण्डसम्म लविड थालेको थाहा पाएपछि पौडेल र देउवाले आपत्ति जनाएका हुन् । पार्टीभित्र लामो राजनीतिक जीवन विताएका नेताहरुलाई पाखा लगाएर पत्नीलाई मन्त्री बनाए त्यसको कडा प्रतिवाद र विरोध गर्ने उनीहरुले जानकारी दिएका छन् ।
देउवाले मात्र नभई पौडेल र खड्काले पनि आफु निकटका ब्यक्तिलाई मन्त्री बनाउन लागि परेका छन् । उनीहरुका आवाज सभापति देउवाले सुनेका छैनन् । देउवालाई दवाव दिन पनि उनीहरुले यस्तो रणनीति अख्तियार गरेका छन् ।
विगत १४ बर्षदेखि देउवाको पक्षमा उभिएका खड्का अहिले उनीसँग रुष्ट बनेका छन् । देउवाले आफुलाई पाखा लगाउँदै विमलेन्द्र निधीलाई च्यापेको खड्काको ठहर छ । उनले देउवा क्याम्प छोड्ने तयारी समेत थालेका छन् । देउवासँग रुष्ट बनेका खड्का पौडेलसँग नजिक हुँदै गएका छन् ।
उता देउवाले भने गृहमन्त्री विमलेन्द्र निधि, कानुमन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री बालकृष्ण खाँड, परराष्टमन्त्री आरजु देउवालाई बनाउन चाहेका छन् । सरकारमा देउवाले आफ्नो पक्षका ९ र पौडल तथा खड्का पक्षका ४ मन्त्री पठाउने योजना बनाएका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top