भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
सप्तरी, १४ साउन । नेपाल–भारत सीमा दशगजा मिचेर भारतले बनाएको एकतर्फी बाँध नेपालीहरुले भत्काइदिएपछि भारत पछि हटेको छ ।
सप्तरीको तिलाठीमा विहीबार नेपालीहरुले भारतले बनाएको बाँध भत्काइदिएका थिए । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार स्थानीयहरुले बाँधको ८० प्रतिशत भत्काएका थिए ।
नेपालीहरुले बाँध भत्काएपछि तत्काल बाँध निर्माणको काम रोक्न भारत सहमत भएको छ । शुक्रबार नेपाल र भारतका प्रतिनिधिबीच तत्काल बाँध निर्माणको काम रोक्ने सहमति भएको हो । अहिले त्यहाँ नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ सीमा सुरक्षा बल एसएसबी तैनाथ गरिएको छ ।
भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेको बाँधले सप्तरीका करिब एकदर्जन गाविस डुबानमा परेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अब दुई देशबीच छलफल भएर आधिकारिक निर्णय नआएसम्म बाँध बनाउने काम अघि नबढ्ने जानकारी दिए ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment