भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाण्डु, १३ साउन– बुधबार बसेको माओवादी केन्द्रको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्य दलसँग छलफल गरी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने जिम्मेवारी दियो । उता राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सहमतीय सरकार गठनका लागि दलहरुलाई सात दिनको समय दिएकी छन् ।
यस्तोमा प्रचण्डले बिहीबार एमाले अध्यक्षसमेत रहेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेतासँग छलफल गर्नेछन् ।
छलफलमा प्रचण्डले ओलीलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्नेछन् । उता एमालेमा सरकारमा सहभागी हुने नहुने भन्ने दुई धार देखिएको छ ।
एक पक्षले कांग्रेस र माओवादी बीचको ७ बुँदे सम्झौता खारेज भएमा सरकारमा सहभागी हुनसक्ने संकेत गरेको छ भने अर्को पक्षले प्रतिपक्षमा बस्ने बताएको छ । ओली पनि सरकारमा सहभागी नहुने मनसायमा छन् ।
यस्तोमा आफ्नो सरकार ढान्ल अहम भूमिका खेल्ने प्रचण्डको प्रस्तावलाई ओलीले कस्तो जवाफ देलान् भन्ने विषय चासोको विषय बनेको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment