भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

प्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ । स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिनु पछाडि विभिन्न कारणहरू रहेका हुन सक्दछन् । यी मध्ये केही तल चर्चा गरिन्छ ।
१. लोग्ने मान्छेभन्दा बढी मात्रामा स्वास्नी मानिसहरूले आफुमा मनोवैज्ञानिक लक्षणहरू पनि छन् भनी स्वीकार गर्ने प्रवृत्ति बढी पाइएको र यसले महिलाहरूमा डिप्रेसन पहिचान हुने सम्भावना बढ्ने हुन्छ भन्ने मनोविज्ञहरू महिलाहरूमा डिप्रेसन बढी भेटिने कारण यहि हो भन्छन ।
२. केही समाजशास्त्रीहरू महिलाहरूको सामाजिक स्थिति लोग्ने मानिसको तुलनामा तल्लो मानिनु, स्वास्नीमानिसहरूले परम्परागत समाजमा धेरैजसो समय घरमै बिताउने र आफ्ना मनका कुरा ब्यक्त गर्ने बातावरण तुलानात्मक रुपले नपाउनुले गर्दा महिलाहरूमा डिप्रेसन वास्तवमै बढी भएको भन्ने तर्क दिन्छन् । कामकाजमा लागेका महिलाहरूको हकमा भने दोहोरो जिम्मेवारी बहन गर्नु पर्दा हुने बढी तनाब डिप्रेसन को कारण हुन सक्ने बताइञ्छ ।
३. यी भन्दा बाहेक आर्थिक स्वतन्त्रताको अभाव, हिंसाका सिकार महिलाहरू बढी मात्रामा हुने इत्यादि विभिन्न सामाजिक कारणले पनि स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिने तर्क अघि सारिएका छन ।
माथिका तथ्यहरूलाई नेपालमै गरिएको केही अनुसन्धानहरूले पुष्टि गर्दछन् । ती अध्ययनहरूले सामान्य मानसिक रोगको तुलनामा कडा प्रकारका मानसिक रोगीहरूको संख्यामा महिलाहरू बढी भएको देखिएको छ । लेखकसमेत सम्मिलित ती अध्ययनहरूले हाम्रो देशमा महिलाहरूलाई रोग छिपिइसकेपछि मात्रै उपचारको लागि लैजाने तथ्यतर्फ संकेत गरेका छन् ।
४. तर महिलाहरूमा डिप्रेसन बढी हुनु को अर्को पक्ष पनि छ, जुन शरीर विज्ञानको दृष्टिकोणबाट अझ बढी महत्वपुर्ण छ । डिप्रेसनलार्इ महिनाबारी र प्रसव अवस्थासग प्रत्यक्ष रूपमा सम्बन्धित पाइएको छ जसको चर्चा तल गरिन्छ ।
महिनाबारी सुरु भएपछि कतिपय किशोरीहरू तथा महिलाहरूलाई प्रत्येक पल्ट सुरु हुनुभन्दा केही दिन अगाडिबाट चिडचिडाहट हुने, दिक्क लाग्ने, जागर नलाग्ने तथा अन्य विभिन्न लक्षणहरू उत्पन्न हुन्छन् । केहीमा चार पाच दिनपछि यो समस्या आफै हराएर जान्छ त केहीमा कम भए तापनि हल्का रूपमा महिनाभरि रहिरहन्छ । यो अवस्थालाइ डिप्रेसन भनिदैन । यो कतिपय केटीहरूमा हुनसक्ने एउटा सामान्य नै भन्न सकिने अवस्था हो जुन बिस्तारै ठीक हुदै जान्छ । के महिला लै चाही उपचार चाहिन्छ । अझै केहि महिला मा चाही यी लक्षणहरू डिप्रेसन कै हदसम्म पुग्ने हुनाले डिप्रेसन को उपचार गर्ने सल्लाह दिइन्छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top