भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
साउन १४, काठमाडौं । संवेदनशिल विषयमा यथोचित प्रकृया र धारणा विना कोसी व्यारेज सम्बन्धी समाचार सम्प्रेषण गरेर समाजलाई त्रसित बनाएको भन्दै गृह मन्त्रालयले ‘हल्ला र अफवाह’बाट त्रसित नहुन आग्रह गरेको छ ।
अन्तराष्ट्रिय आतंकवादी संस्थाहरुले कोशी व्यारेजमा आक्रमण गर्ने तयारी गरेको भन्दै सञ्चारमाध्यममा आएका सामग्रीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै यस्ता विषयले आन्तरिक मामिलामा असर पर्न जाने भन्दै ध्यानाकर्षण गराएको प्रवक्ता यादव कोइरालाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयले विज्ञप्तीमा अफवाह भने पनि कोसी ब्यारेज लगायतका सबै महत्वपूर्ण संरचना र संस्थाको पर्याप्त सुरक्षा व्यवस्था गरिएको उल्लेख गरेको छ । सुरक्षा व्यवस्थागर्न सरकार सक्षम रहेको र कही कतैबाट प्राप्त हुने जानकारी र सूचनालाई मनन गरी यथोचित पाइला चाल्न सरकार तत्पर रहेको विज्ञप्तीमा उल्लेख छ ।
-कान्तिपुर दैनिक
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment