भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नौ महिनामा समृद्ध नेपाल निर्माण गर्नका लागि बाटो खनेको र अबको नयाँ सरकार त्यो बाटो हिड्न बाध्य हुने बताएका छन् ।
एक टेलिभिजनको वार्षिक उत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जुनसुकै सरकार आए पनि अब विकासको बाटो हिड्न बध्य हुने बताए ।
‘मैले नौ महिनामा धेरै काम गरेको छैन् । तर, विकासको बाटो खनेको छु,’ ओलीले भने, ‘मैले कल्पना गरेको नेपालले विश्व हेर्न सक्छ । जसले जिस्काए पनि नेपाली जनता निकट भविष्यमै रेल चढ्छन् । हामी चाँडै आत्मनिर्भरतातर्फ लाग्न सक्छौ ।’
अर्कै खालको राजनीति गर्न खोज्नेलाई समस्या परे पनि देशको समृद्धिका लागि कसैले रोक्न नसक्ने उनको भनाइ छ ।
‘आज हामीले उद्देश्यहरुलाई तलमाथि गर्न दिनुहुन्न । मलाई सपनामाथि हिड्यो भन्ने आरोप छ, ती सपना पूरा गर्न आजको आवश्यकता हो,’ उनले भने, ‘जोसुकै सत्तामा आए पनि देशको विकास कसैले रोक्न सक्दैन, देश सधैँ यथास्थितीमा हिड्न पनि सक्दैन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top