भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाण्डु, १६ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाण्डु–निजगढ फास्टट्रयाक (द्रूतमार्ग) स्वदेशी लगानीमै बनाउने निर्णयमा दायाँबायाँ नगर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग शनिबार बालुवाटारमा भएको भेतवार्तामा प्रचण्डले सो प्रतिबद्धता जनाएका हुन् । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदा नयाँ सरकारको नेतृत्व गर्न लागेका प्रचण्ड प्रधानमन्त्री ओलीसँग भेट्न बालुवाटार पुगेका थिए ।
त्यस क्रममा ओलीले विकासमा आफ्नो सरकारले थालेका काम कसरी अगाडि बढ्छन् भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले आफू ओली सरकारले गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्य विषयलाई हेरफेर नगरी कार्यान्यवन गर्ने बताए ।
‘तपाईंले थालेका काम दूरगामी महत्वका छन्, हामी त्यसलाई निरन्तरता दिन्छौं, काठमाण्डु–तराई द्रुतमार्ग स्वदेशी लगानीमै बनाउँछौं, त्यो निर्णयमा दायाँबायाँ हुन्न, पेट्रोलियम पदार्थको उत्खनन् पनि अघि बढाउँछौं, रेलमार्ग बनाउने काम पनि रोक्दैनौं’, प्रधानमन्त्री ओलीसँग प्रचण्डको भनाइ थियो ।
राजधानी दैनिकबाट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top