भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
पहिरोले खानेपानीको ट्यांकी र विच्छ्याइएको पाइपलाइन समेत बगाएपछि स्थानीय खानेपानीको समेत समस्यामा परेका छन् । स्थानीयको लागि करिब डेढ घण्टा टाढाँबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको छ ।
वर्षाको कारण भूकम्पले थिलथिलिएको जमिन बगेपछि बाढीपहिरो चलेको हो । पहिरोको कारण सारी खोलाको किनारमा रहेका खिम्ती–९ गैरीका ५० भन्दा बढी घरहरु पहिरोको उच्च जोखिममा परेका छन् ।
बस्ती भन्दामाथि रहेको जंगलको करिब दुई किलोमिटरको क्षेत्रफलमा फैलिएर अझै पहिरोे बगिरहेको छ । बाढिपहिरोले पाँचसय मुरी भन्दा बढी धान फल्ने खेत पुरिदिएपछि कृषकहरु चिन्तित भएका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment