भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन १६,काठमान्डौ-
हाँस्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले समाज सेवामा सक्रिय हुने बताएका छन् । ‘न्युट्रल जनता अभियान’ सुरु गरेका जिग्री र पाँडेले बाढी पहिरो पीडितलाई सहयोग गर्ने भएका हुन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले बाढी पहिरो पिडितका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।प्युठानको फोप्ली, लुङ, पूजा, अर्खा, राज्बरालगायतका बाढी पहिरो पिडितका लागि राहात अभियान संचालन गर्ने भन्दै सबैको सहयोग मागेका हुन् ।
आर्थिक सहयोगसँगै, लत्ता कपडा, औषधीलगायतका सामग्री समेत सहयोग गर्न सकिने उनीहरुले जनाएका छन् । आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थाले लुम्बीनी बैंक नयाँ बानेश्वरको खाता नं १३२००४३३ मा सहयोग जम्मा गर्न सक्ने कुमार कट्टेलले जानकारी दिए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top