भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन १४। इटहरी / मुलुक यतिबेला बाढि र पहिराेकाे सन्त्रासमा छ बाढि र पहिराेका कारण शुक्रबार सम्ममा देशभर ५० बढीकाे मृत्यु भइसकेकाे छ । बिभिन्न राजमार्गहरू हिलाम्मे र पहिराेका कारण अवरूद्ध बनेका छन । बाढि र पहिराेले शाेकमग्न बनेकाे देश बिहिबार धनकुटाकाे सिधुवा बजार नजिकै भएकाे बस दुर्घटना पश्चात पुनः शाेकमग्न बनीन पुगेकाे छ ।
दुर्घटनामा देशले एक कुशल राजनीतिककर्मी , तथा कुशल नेतृत्वकर्ता पूर्व राज्य मन्त्री हरीराज खेवा सहित अन्य प्रीयजनहरू गुमाएकाे छ । बिहीबार भएकाे बस दुर्घटनामा पूर्व राज्य मन्त्री खेवा सहित १३ जनाले अकालमै ज्यान गुमाएका छन भने दर्जन बढी गम्भिर बनेका छन ।
यता दुर्घटना लगत्तै धनकुटा लगायत सिङगाे पूर्वाञ्चल समेत शाेकमग्न बनेका छ । क्षमता भन्दा बढी यात्रु बाेकेर गुडाइएकाे बस धनकुटाकाे सिधुवा बजार नजिकै अाएपछि ब्रक फेल भइ ८० मिटर भिरमुनी झरी दुर्घटनाग्रस्त बनेकाे थियाे । साेहि दुर्घटनामा परी घाइते बनेका २८ यात्रुहरूकाे हाल धरान स्थित बिपि प्रतिष्ठानमा उपचार भइरहेकाे छ ।
यस्ता थिए सबैका प्रिय हरिराज खेवा
नेकपा माअाेवादी केन्द्रका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष समेत रहेका पूर्व राज्य मन्त्री हरिराज खेवा एक कुशल राजनीतिककर्मी संगै मुलुककालागि सक्षम नेतृत्वकर्ता पनि रहनुभएकाे थियाे। पछिल्लाे समय उहाँ राजनीति संगै साहित्यतिर पनि प्रवेस गर्नुभएकाे थियाे ।२०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई हात्तीखर्क गाविस अध्यक्षमा निर्वाचित खेवा पछि माओवादीमा प्रवेस गर्नुभएकाे थियाे । २०६४ सालको संविधानसभा निर्वाचनमा एकीकृत माओवादीको उम्मेदवार भई धनकुटा क्षेत्र नं २ बाट भारी मत ल्यार्इ सांसदमा बिजयी हुनुभएपनि खेवा २०७० सालको संविधानसभा निर्वाचनमा नराम्राे हार ब्यवहाेर्नुपरेकाे थियाे ।
तत्कालिन एमाअाेवादीका उपाध्यक्ष बाबुराम भट्टरार्इकाे नेतृत्वमा गठित सरकारमा धनकुटाबाट नेतृत्व गर्दै हरिराज खेवा मुलुककालागि राज्य मन्त्री चुनिनुभएकाे थियाे । अति मिलनसार , जेहन्दार र मिठास स्वभावका पूर्व राज्य मन्त्री खेवा परिवारकै माइला छाेरा हुनुहुन्छ । २०२५ सालमा जन्मिएका उहाँ हृदयमान खेवा र तिर्थकुमारीका माइला छोरा हुनुहुन्छ । उहाँका घरमा हाल श्रीमती र दुई छोरी छन्।
धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक खेवा पछिल्लाे समय राजनीतिसँगै साहित्य सिर्जनामा पनि सक्रिय रहनुभएकाे थियाे। उनको ‘अपदस्थ जिन्दगी’ नाटक संग्रह प्रकाशित भैसकेकाे छ। रेडियो नेपालले आयोजना गरेको नाटक प्रतियोगितामा उहाँले लेखेको नाटक प्रथम भएको थियो।पुर्बेलीन्युजबाट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top