भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी भेटघाट भएको थियो । भेटपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिनुभयो । “मैले सम्मानीय राष्ट्रपतिलाई संसद्को गतिविधिका बारेमा जानकारी गराई, दलका बीचमा सहमति कायम गराउन गरिरहेको प्रयासका बारेमा पनि ब्रिफिङ गरे ।” उहाँले भन्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले दलको बीचमा संविधान कार्यान्वयनका लागि एकता, सहमति आवश्यक रहेको बताउनुभएको सभामुख घर्तीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । भोलि सदनको बैठक बस्दैछ, दलबीचको अविश्वास हट्ला त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो मैले दलका शीर्ष नेतालाई भेट गर्दा उहाँहरुले सहमति कायम गर्ने जानकारी दिनुभएको जवाफ दिनुभयो ।
सभामुख घर्तीले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गर्नुभएको थियो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment