भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
३१ वर्षीय स्टार फरवार्ड रोनोल्डोले रियल म्याड्रिडबाट दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिते भने पहिलो पटक युरोकपको उपाधि हात पारेका थिए ।
उनीनै वर्षको उत्कृष्ट खेलाडी चुनिने धेरैले बताएका छन् । बार्सिलोनाका फरवार्ड नेयमारले समेत रोनाल्डोले नै यसपटकको फिफा वर्ष खेलाडी चुनिने बताएका थिए ।
हाल मोन्टेरियल इम्प्याक्टबाट एमएलएस लिगमा खेलिरहेका चेल्सीका पूर्व खेलाडी ड्रोग्बाले रोनाल्डोले आफूलाई राम्रो नेतृत्वकर्ताको रुपमा स्थापित गराएको र उनले नै चौंथो पटक यो उपाधि जित्ने आशा व्यक्त गरे ।
‘मैले रोनाल्डोविरुद्ध सन् २००८ को च्याम्पियन्स लिग फाइनल खेलेको थिए । त्यतिबेला उनी म्यान्चेस्टर युनाइटेडबाट बिजेता बनेका थिए,’ ड्रोग्बाले भने, ‘उनी वास्तवमै एक कुशल नेतृत्वकर्ता हुन् । उनले रियल र पोर्चुगलका लागि गरेको योगदान अनुसार उनले नै बालोन डि’ओर जित्नुपर्छ । उनले फाइनलमा खेल्न नपाएपनि उनकैको कारण टोली फाइनलसम्म पुगेको थियो ।’
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment