भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले आज बिहान साढे ११ बजे नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) छैठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक प्रज्ञा भवन कमलादीमा उद्घाटन गर्ने कार्यक्रम थियो।
प्रधानमन्त्री केही समय ढिला पुगे पनि सत्तारुढ एमालेको मोर्चा संगठन जिफन्टका कार्यकर्ताहरुले हलभित्रै आ-आफ्नो हातमा प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको ब्यानर प्रदर्शन गरे।
प्रधानमन्त्री पनि दङ्ग परे। उद्घाटनपछिको सम्बोधनमा उनले नेपालको श्रमजीवी वर्ग र युवा सचेत भएकोमा सलाम गरे।
प्रधानमन्त्रीको समर्थनमा गएको शुक्रबारदेखि दिनदिनै सडकमा पनि आइएमविद्केपी ओली प्रदर्शन हुँदै आएको छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top