भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

आइएसले शुक्रबा राति राजधानी ढाकाको एक क्याफेमा आक्रमण गर्दा २० जनाको ज्यान गएको थियो । आक्रमणकारीले क्याफेमा आक्रमण गरी त्यहाँ रहेका मानिसलाई बन्धक बनाएर त्यसपछि हत्या गरेका हुन् ।

ज्यान जोनमा अधिकांश विदेशी नागरिक छन् । यस्तै दुई जना प्रहरी अधिकारीको पनि ज्यान गएको सरकारी अधिकारीले जनाएका छन् । घटनामा ३० जना घाइते भएका छन् । बंगलादेशको सैनिकले बन्धक बनाइएका १३ जनालाई १२ घण्टापछि सकुशल उद्धार गरेको थियो ।

घटनामा ज्यान जानेमा नौ जना इटाली, सात जना जापान, तीन जना बंगलादेश तथा एक जना भारतीय नागरिक छन् । अमेरिकी विदेश मन्त्रालयले मारिनेमा एक जना अमेरिकी नागरिक पनि भएको जनाएको छ । तर यस बारेमा थप जानकारी दिइएको छैन ।
बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले दुई दिने राष्ट्रिय शोकको घोषणा गर्दै आतंकवाद विरुद्ध लड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आतंककारीको कुनै धर्म नहुने भन्दै प्रधानमन्त्री हसिनाले धर्मको नाममा हुने कुनै पनि आतंक स्वीकार्य नहुने बताउनुभयो । इटालीको फुटबल टिमले आक्रमणमा मारिएको सम्झनामा फ्रान्समा चलिरहेको युरोकप अन्तर्गत गएराति जर्मनीसँगको खेल अघि मौन धारण गरेको थियो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment