भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आषाढ १८, काठमाडौं / सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेट ग्लान्ट बढ्ने समस्याले पीडित भए। दोस्रो चरणमा पुगिसेको भन्दै उनलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए। तर शल्यक्रियाको बिकल्प खोजिरहेका उनी आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगे।
उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडिबुटी औषधि खाएपछि आज उनलाई निकै राम्रो भएको छ। ‘पिसाबमा संक्रमण हुने, ज्वरो आउने र बोल्नै नसक्ने अवस्थामा पुगेको थिएँ उनको औषधिले मलाई निकै राम्रो भएको छ’, नायब महालेखा परीक्षकका रुपमा कार्यरत रेग्मी भन्छन्, ‘उनले ४५ दिन औषधि खानुपर्छ भनेका थिए, आज मैले २० औं दिन औषधि खाइरहेको छु तर मलाई धेरै ठीक भएको छ, म पुरानै अवस्थामा पुगिसकेँजस्तो महसुस भएको छ।
भैरहवाकी ४३ वर्षीया मायाकुमारी पुनको पित्त थैली र कलेजोको बीचमा मासु पलाएको जानकारी बानेश्वरस्थित सिभिल अस्पतालले दियो। सो अस्पतालले त्यसलाई क्यान्सरको मध्य अवस्था भनेर समेत पहिचान गर्यो।
पित्त थैलीमा पानीको फोका देखिएको, कलेजो पनि खराब भई हेपटाइटिस् भइसकेकोले शल्यक्रिया गर्नु अत्यन्तै गम्भीर थियो। तत्कालै शल्यक्रिया गर्न आँट गरेन अस्पतालले। त्यसपछि उहाँ ललितपुरको लुभुमा रहेको आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगिन्। सोही केन्द्रको औषधि सेवनपछि हाल उनलाई निको भएको छ।
‘जडिबुटी औषधि सेवन गरेपछि निको भएको छ । पछिल्लो ल्याब रिपोर्टले त्यो मासु हटिसकेको देखाएको छ’, उनले भनिन्, ‘अस्पतालले पनि लगभग अब निको भएको भनेको छ ।’ उनले उक्त औषधि दुई महिनादेखि सेवन भने गरिरहेकी छन् । अरु केही समय औषधि सेवन गर्नुपर्ने पोखरेलले बताइन् ।पुर्बेलीन्युजबाट
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment