भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
जनकपुर, १९ आसार । लामो समयको आन्दोलनपछि शान्त बनेको जनकपुमा आइतबार विहानैदेखि तनाव उत्पन्न भएको छ । जनकपुर –१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठन सम्बन्धी विवाद चुलिँदै जाँदा आन्दोलनकै रुप लिएको हो ।
माओवादी, संघीय समाजवादी फोरम तथा कांग्रेस कार्यकर्ताबीचको विवादले उग्र रुप लिएपछि प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डलसहित नेता कार्यकर्ता पक्राउ परेका विरोधमा माओवादीले नै जनकपुरमा चक्काजाम गरेको छ । जनकपुरका सडकहरुमा विहानैदेखि टायर बालेर प्रदर्शन गरिएको छ ।
शनिबार अबेर राति कांग्रेस समर्थित समितिका वर्तमान अध्यक्ष रामवरण पासमानको घरमा फोरम र माओवादी समर्थित कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले मण्डलसमेत नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माओवादीका मण्डलसहित कांग्रेसका कार्यकर्ता पनि छन् । कांग्रेस नेता श्रीराम साह र संघीय समाजवादी फोरम नेपालका रामसुखित यादव लगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई छाड्न माग गर्दै प्रदर्शन गरिएको छ ।
तीनवटै पार्टी समर्थित स्थानीय कार्यकर्ताले जनकपुरको पिराडी चोकमा टायर वालेर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।khabardabali
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment