भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
काठमाडौं । छिमेकी राष्ट्र चीनले केपी ओली नेतृत्वको सरकार दायाँबायाँ भए राम्रो नहुनेतर्फ ध्यानाकार्षण गराउँदै माओवादी केन्द्रका अध्यक्षप्रचण्डलाई आफ्ना राष्ट्रपति सि जिनपिङको भ्रमण मितिसम्म यही सरकारलाई साथ दिन आग्रह गरेको छ ।
पछिल्लो समय माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको विकल्पबारे राष्ट्रियस्तरमै बहस छेडिरहेको छ । स्रोतका अनुसार प्रचण्ड आँफै प्रधानमन्त्री बन्ने उद्देश्यका साथ लागिपरेका छन् । प्रचण्डको उक्त डिजाईन राम्रोसँग बुझेको चीन भने यतिवेला ओलीको विकल्प खोज्न नहुनेतर्फ सचेत देखाउँदै प्रचण्डलाई विशेष आग्रह गरेको छ ।

संविधान जारी भएसँगै चिसिएको नेपाल–भारत सम्बन्धलाई राम्रोसँग बुझेको चीन ओलीलाई निरन्तरता दिने कुरामा बढि सचेत देखिएको छ । चीनतर्फ विशेष सम्बन्ध विस्तार गर्ने अभियानमा रहेका प्रधानमन्त्री ओलीलाई प्रचण्ड बाधक बन्ने देखेपछि चीनीयाँ पक्षले प्रचण्डलाई भेटेरै सरकार परिवर्तनको खेलमा नलाग्न स्पष्ट रुपमा भनिसकेको स्रोतको दाबी छ ।
चीनीयाँ राष्ट्रपति सि यही असोजमा नेपाल आउने कार्यक्रम यसअघि नै तय भैसकेको छ । उनको नेपाल भ्रमणसँगै नेपाल र चीनवीच विशेष महत्वका परियोजनाहरुमा सम्झौता हुने विश्वास गरिएको छ । खासगरी चीनले नेपालको भौतिक पूर्वाधार विकास र जलविद्युतमा सहयोग गर्ने संकेत दिइसकेको छ ।
चीनको यो दबाबसँगै प्रचण्ड यतिवेला द्धिविधामा छन् । अध्यक्ष दाहाललाई तत्काल सरकारबाट समर्थन फिर्ता लिन माओवादी केन्द्रका प्रभावशाली नेताहरु रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन र जर्नादन शर्मा लगायतका नेताहरुले एकीकृत दबाब दिइरहेका छन् । यही दबाबका कारण प्रचण्ड कहिले काँग्रेस सभापति शेर बहादुर देउवा निवास पुग्छन त कहिले एमाले नेता माधव नेपालकहाँ पुग्छन् । पार्टीको पोलिटव्यूरो बैठकमा समेत दाहाललाई तत्काल सरकार छाड्न दबाब आएको थियो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment