भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

हिन्दु धर्ममा सूर्यलाई ब्रह्माण्डको आत्मा मानिन्छ । सूर्यविनाको एक दिनको पनि हामी कल्पना गर्न सक्दैनौं । हाम्रा पुर्खाहरूले सूर्योदयसँगै सूर्यलाई तामाको लोटाबाट अर्घ्य दिने गर्दथे । लोटाबाट जल चढाउँदा झरेको पानीमा प्रतिबिम्बित किरणहरूले उजागर गरेका रंगहरू हेर्नाले आँखालाई राम्रो, शरीरलाई पुनर्ताजगी र मनलाई शुद्ध बनाउँछ ।

हाम्रो शरीर पाँचवटा तत्व विद्यमान छन् : पृथिवी, जल, तेज, वायु र आकाश । यी तत्वको सन्तुलनले शरीरलाई स्वस्थ राख्छन् र सूर्यको सम्बन्ध तेज तत्वसँग छ । सूर्यका किरणमा विद्यमान सातै रंग शरीरमा रहेका सात चक्रको जीवन्तताका लागि महत्वपूर्ण हुन्छन् ।

ऋग्वेदमा सूर्यलाई सबै ऊर्जाको स्रोत मानिएको छ । सूर्यदेवताका समक्ष गायत्री मन्त्र पाठ गरेर अज्ञानता हटाउन तथा मनलाई बलियो बनाउन सकिन्छ । सूर्य आत्मदेवताका प्रतीक हुन् । आत्मदेवताले मन, विवेक र शरीरलाई प्रकाशित गरेजस्तै सूर्यले विश्वलाई उज्यालो बनाउँछ ।
suryaprajan

सूर्योदयको समयमा सूर्यलाई अगाडि जल चढाउन उभिएको भक्तमा उदाउँदो सूर्यका किरण सम्पूर्णतया एकीकृत रूपमा फैलिन पुग्छ । सूर्यको किरणले तातेको पानी र पानीमा झल्किएका रंगहरू त्यतिखेर शरीरमा पस्छन् ।

सूर्यका किरणले मानव शरीरमा पु-याउने फाइदाका बारेमा विज्ञानले धेरै कुरा बताएको छ । चिसो हावापानी भएका मुलुकमा बस्ने मानिसले सूर्य थेरापी गर्छन् र तनाव, अवसादबाट छुटकारा पाउँछन् । छालाका रोगलाई पनि सूर्यका किरणले हटाउँछन् ।

त्यसैले सूर्यको उपासना गर्नु धार्मिक, आध्यात्मिकका अलावा स्वास्थ्यका दृष्टिले पनि उत्तम हुन्छ । संस्कृति म्यागजिन

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top