भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

असार २९, एजेन्सी – एक सय वर्ष अघिका मानिसहरुले एक सय वर्षपछिको संसारबारे कस्तो कल्पना गरेका थिए होलान ? वास्तवमा अहिले विश्वमा जति पनि चमत्कार भएका छन् ति सबै मानिसको कल्पनामा पहिले नै आइसकेको थियो । फरक यति छ कि त्यो बेलाको कल्पना अहिले यथार्थमा पूरा भएको त छ तर फरक अन्दाजमा । फ्रान्सका कलाकारहरु जिन मार्क कोटे र अन्य कलाकारहरुले सन् १९००, १९०१, १९१० मा धेरैवटा पेन्टिङमार्फत भविष्यको संसारको परिकल्पना गरेका थिए । हेरौ ती कस्ता थिए ।


विद्यालयमा विद्यार्थीहरुलाई कलम, कापी, कितावको आवश्यकता नपर्ने र उनीहरुले हेडफोनबाटै सबै शिक्षा लिने सक्ने अनुमान गरिएको थियो । अडियो भिडियोको माध्यमबाट शिक्षा लिने चलन अहिले छ ।


त्यो बेला एरोप्लेन भन्दा पनि एरो कारको कल्पना गरेर यस किशिमको एयरपोर्ट हुने अपेक्षा थियो ।


सय वर्ष अगाडि कल्पना गरिएको हवाई युद्ध र अहिलेको युद्धमा कति फरक छ आफै पत्ता लगाउनु होला ।

अग्ला घरमा आगो निभाउन क्रेन, सिँढी आदिको प्रयोग हुन्छ । त्यसबेला मान्छेले शरिरमा पखेटा लगाउने अनुमान थियो ।

सडकमा ट्राफिक भए जस्तै आकाशमा पनि एभिएसन प्रहरी हुने कल्पना थियो । तर यस्तो भएन ।

सैलुनमा हजामले भन्दा बढी काम मेसिनले गरिदिने विश्वास थियो । तर त्यस्तो खासै हुन सकेन ।

जमिनको युद्धमा अचेल ट्यांकरहरु प्रयोग हुन्छन् । त्यसबेलाको अनुमान केही फरक थियो । मिल्दै नमिलेको भने होइन ।

अण्डा मेसिनमा हाल्ने, अर्को तिरबाट चल्ला निकाल्ने कल्पना मिल्यो । अचेल पोल्ट्री फार्ममा मेसिनले नै चल्ला निकाल्छ ।

त्यो बेला मेसिनले नै कपडा सिलाउने अनुमन थियो । तर तस्बिरमा देखाए झै मेसिनले कपडा अझै सिएको छैन ।

तस्बिरमा माछा होइन चराको शिकार गरेको देख्न सकिन्छ । त्यो पनि समुद्रभित्रबाट ।

समुद्रभित्र डन्डीबियो जस्ता खेल आयोजना हुने कल्पना थियो । जुन मिल्न सकेन ।

मेसिनलेharmest खेति गर्ने कल्पना मिलेको छ । तर ठीक यसरी चाहीँ अलि होइन कि ?

बस र कार त चलेकै छन् । तर त्यो बेला मोटर–होमको कल्पना थियो ।

समुद्रभित्र माछाको ढाडमा चढेर रेसिङ हुने कल्पना पूरा भएन ।

गाउँघरका हुलाकी यस्ता हुने अनमानलाई इमेल इन्टरनेटले फेल गरिदियो ।

सफाई गर्ने मेसिनको कल्पना ठीकै थियो ।

श्रृंगार गृहको कल्पना पनि धेरै हदसम्म मिलेन ।

ह्वेल 
माछालाई घोडा झै प्रयोग गर्ने कल्पना पनि सत्य हुन सकेन । 

-काठमाण्डु टुडेबाट

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top