भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

असार २९,एउटा पिरो खुर्सानी एक पटक कटक्क टोक्दा त पिरो भएर रन्थनिने होइन्छ । अढाई किलो खुर्सानी खाने कल्पना गर्न सक्नुहुन्छ ? सायद सामान्य मानिसले कल्पना गर्न नसकिने यस्तो घटना चीनमा भएको छ । चीनका एक व्यक्तिले २ मिनेटमै अढाई किलो रातो खुर्सानी खाएर सबैलाई सबैलाई आश्चर्यमा पारेका छन्।
चीनको लिजियांग सहरमा आयोजना भएको एक प्रतियोगितमा उनले यतिधेरै खुर्सानी खाएका हुन् । उक्त प्रतियोगितमा रातो खुर्सानी खानका लागि ९ व्यक्तिले भाग लिएका थिए ।
सबै प्रतियोगीलाई उछिन्दै उनले २ मिनेटमा ४७ वटा ठूलो रातो खुर्सानी खाए । जसको तौल जम्माजम्मी अढाइ किलो जति थियो । ती व्यक्ति चीनको सिचुआनस्थित चेंगदू सहरबाट आएका थिए । उनी मसालेदार खानेकुरा खानका लागि निकै चर्चित छन् ।
प्रतियोगिताका विजेताले एउटा २४ क्यारेट सुनको खुर्सानी पुरस्कार पाएका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment