भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
असार २९,हेगस्थित अन्तर्राष्ट्रिय अदालतले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा चीनको मात्रै अधिकार नभएको भन्दै नयाँ फैसला गरेको छ । चीनले दक्षिण चीन सागर आफ्नो मुलुकको क्षेत्र भएको दाबी गर्दै आइरहेको अन्तर्रागिट्रय अदालतले सो फैसला गरेको हो ।दक्षिण सागर वरिपरिका मुलुकहरुमध्येको फिलिपिन्सले चीनले गरेको दाबीको विरोध गर्दै हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दायर गरेको थियो । मंगलबार अन्तर्राष्ट्रिय अदालतले सो क्षेत्र चीनको ऐतिहासिक क्षेत्र नभएको भन्दै अन्तिम निर्णय सुनाएको हो ।
चीनले दक्षिण चीन सागरको ९० प्रतिशत क्षेत्र आफ्नो रहेको दाबी गर्दै आएको थियो र उसको दाबीका पछि संसारका थुप्रै देशहरुले समेत समर्थन गर्दै आएका छन् । उसले सो समुद्री क्षेत्र आफ्नो मुलुकको ऐतिहासिक क्षेत्र रहेको र त्यो विषय आफ्नो मुलुकको सार्वभौमिकतो विषय भएको दाबी गर्दै आएको छ ।
चीनले सो समुद्रको सम्पूर्ण पानीमा समेत आफ्नो हक भएको बताउँदै आएको थियो । अन्तर्राष्ट्रिय अदालतको यो फैसलाले चीनलाई ठूलो झड्का लागेको छ। यद्यपि, सो फैसलापछि पनि चीनले आफ्नो विचारमा भने कुनै फेरबदल नआएको बताइरहेको छ ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता याङ युच्युनले मंगलबार फिलिपिन्सले उठाएको दक्षिणी चिनियाँ सागर सम्बन्धी फैसलबारे चीन सरकारको अडान एउटै र स्पष्ट भएको पुष्टि गरे । फैसलाको नतिजा जस्तो भएतापनि यसबाट दक्षिणी चिनियाँ सागरमा चीनको सार्वभौमसत्ता तथा हितमा प्रभाव नपर्ने कुरामा पनि उनले जोड दिए।
चिनियाँ सेनाले देशको सार्वभौमसत्ता, सुरक्षा तथा समुद्र सम्बन्धी अधिकार र हितमा अडिगताका साथ संरक्षण गर्ने कुरा पनि उनले जोड दिएका छन् ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment