भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाडौं, १२ साउन । चीनसँग जोडिएको भारतको उत्तराखण्डमा चिनियाँ सेनाले घुसपैठ गरेको भारतीय मिडियाले जनाएका छन् ।
यति मात्रै होइन् चिनियाँ सैनिकहरुले सीमा निरीक्षणमा आएका भारतीय प्रशासनको टिमलाई पनी रोकेर चेतावनी दिँदै फिर्ता पठाएका छन् ।
उत्तराखण्डस्थित चमोली क्षेत्रका डीएम (प्रमुख)ले भारतीय सुरक्षा टिम सीमामा गएको स्वीकारेका छन् । तर, चिनियाँ सैनिकसँग मुठभेडको स्थितबारे केही बोलेका छैनन् ।
जोशीमठका उप–जिल्लाधिकारी योगेन्द्र सिंहको नेतृत्वमा जिल्ला प्रशासनको १९ सदस्यीय टोली चीनसँग जोडिएको सीमा निरीक्षणका लागि पुगेको थियो । जहाँ होतीगाड नदीको जलस्तर बढेको भन्दै खटिएका चिनियाँ सेना देख्दा भारतीय अधिकारीको होसै उड्यो ।
भारतीयलाई देशेपछि चिनियाँ सैनिकले कडा प्रतिक्रिया दिँदै तुरुन्त फर्केर जान चेतावनी दिए । चिनियाँ सैनिकको चेतावनीपछि निरीक्षण निस्किएको भारतीय टोली तुरुन्त फर्कियो ।
dainiknepal
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment