भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
बन्ला त सहमतिको सरकार ?
केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न दलहरुलाई दिएको सात दिनको समयमा तीन दिन गुज्रिसकेको छ । नयाँ सरकार बनाउन तम्सिएका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा छन् । उनीहरुले आफूबाहेक अन्य दलसँगको संवाद सुरु नै गरेका छैनन् ।
भारतीय मिडियालाई प्रचण्डले भने-नेपाललाई जे उचित लाग्छ त्यही गर्छ
माओवादी केन्द्रको हेडक्वाटर बैठकले सहमतिका लागि उच्चतम प्रयास गर्ने भनेपनि एमालेसँग कुरा मिल्ने कुनै संकेत देखिँदैन । यसले सहमतीय सरकार संभव छैन भन्ने कुरा स्पष्ट देखाउने राजनीतिक विश्लेषकहरु बताउँछन् । उनीहरु भन्छन्, ‘दलहरुबीचको ध्रुवीकरण यसरी बढेको छ कि यसले सहमतिको सरकार बन्ने संकेत कहिँ कतैबाट दिँदैन ।’
राजनीतिक विश्लेष प्राध्यापक डाक्टर सुरेन्द्र केसी भन्छन्, ‘सहमतिका लागि ७ दिन भनेको औपचारिक प्रक्रिया मात्रै हो, माओवादी र काँग्रेसले अहिले आन्दोलनमा रहेका मधेशी दलहरुलाई साथ लिएर सरकार बनाउँछन् । त्यसमा एमाले जाने संभावना छैन ।’ उनले आन्दोलनरत मधेशी दलहरु सरकारमै जाने दाबी पनि गरे । तर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार बनाउन सहयोग गरेपनि सहभागी नहुने बताउँदै आएको छ । ‘उनीहरुलाई बिजय गच्छेदार सरकारमा नजाउन् भन्ने मात्रै हो, जसरी एमालेले गच्छेदारलाई लिएर सरकार बनायो माओवादी र काँग्रेसले त्यसैगरी राजेन्द्र महतोजस्तालाई लिएर सरकार बनाउँछ, केसीले थपे ।
सदाबहार सत्तामा बस्न खोज्ने गच्छेदारको पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले अन्तिम समयमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । प्रचण्ड नेतृत्वको सरकारमा जाने बाटो खुला राख्न हतारिएको फोरम लोकतान्त्रिकलाई सरकारमा नलाने विषयमा काँग्रेस र माओवादी केन्द्रले सैद्धान्तिक सहमति गरेपछि गच्छेदार अहिले अलपत्र परेका छन् ।
एमालेले के गर्छ ?
नेकपा एमाले भित्र माओवादी नेतृत्वको सरकारमा जानुपर्छ र जानुहुँदैन भन्ने स्पष्ट दुई धार देखिएको छ । कामचलाउ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्ष सरकारमा जानु हुँदैन भन्ने स्पष्ट अडानमा छ भने बरिष्ठ नेता झलनाथ खनाल पक्षधर सरकारमा जानुपर्छ भन्ने पक्षमा छन् ।
अविश्वासको प्रस्ताव विरुद्ध संसदमा जवाफ दिने क्रममा ओलीले जिम्मेबार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइसकेकाले पनि सहमतिको कुनै संभावना छैन ।
रुसी मिडिया लेख्छ- नेपालमा चीन चुप लाग्ने वाला छैन
ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल भन्छन्, ‘दुई दल मिलेर हामीलाई सरकारबाट घोक्र्याउने, अनि फेरि उनीहरुकै नेतृत्वमा सरकारमा जाने भन्ने प्रश्नै आउँदैन ।’ राष्ट्रपतिले सहमतिका लागि आव्हान गर्नुभएको छ त ? भन्ने हाम्रो प्रश्नमा उनले थपे, यो त औपचारिक प्रक्रिया हो नि, तपाइले सोधेको एमालेको स्पष्ट धारणा यहि हो कि हामी प्रतिपक्षमै बस्छौं त्यसमा कुनै शंका नगरे हुन्छ ।’ तर बरिष्ठ नेता झलनाथ खनाल कम्तीमा मेजर तीन पार्टी मिलेर सरकार बनाउनुपर्ने पक्षमा छन् ।
नेतृत्व कसको हो ? भन्ने कुरा प्रधान बनाइनु नहुने भन्दै उनी भन्छन्, संविधान कार्यान्वयन, विभिन्न तहका चुनावका लागि पनि अहिले एमाले सरकारमा जानुपर्छ । तर काँग्रेस माओवादीले नचाहेको अवस्थामा सशक्त प्रतिपक्षमा बसेपनि राष्ट्रिय कार्यभारमा मिलेर अघि बढ्नुपर्ने उनको तर्क छ ।
ओलीको भूमिका कस्तो होला ?
संसदमा बोल्ने क्रममै ओलीले प्रचण्डतर्फ इंगित गर्दै आफूले ल्याएका पपुलिष्ट योजना के गर्नुहुन्छ ? भनेर प्रश्न गरेका थिए । उनी निकट नेताहरुका अनुसार ओलीले आफूले ल्याएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गराउन संसदमा कडा प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछन् । त्यसैलाई कार्यान्वयन गराउन बाध्य पार्ने र त्यसलाई प्रयोग गरेर चुनावमा जाने योजनामा ओली रहेको उनी निकट एक नेताले बताए ।
उनले भने, ‘हामी चुनाव हामीले नै घोषणा गरेको हो, त्यसैले हामीले ल्याएको बजेट कार्यान्वयन गराएर अघि बढ्ने र स्थानीय चुनावको तयारीमा जुटेका छौं ।’ त्यसपछि बाँकी दुई चुनावका लागि सरकार परिवर्तन हुने बेला समीकरण बद्लिन सक्ने संकेत उनले गरे । संसदमा बोल्ने क्रममा पनि ओली पक्षीय सांसदहरुले ‘एक माघले जाडो जाँदैन’ भन्दै अब आउने सरकारले आफ्नै जस्तो नियति भोग्नुपर्ने घुमाउरो चेतावनी दिएका थिए ।
त्यसो भए के हुन्छ त ?
राष्ट्रपतिले आव्हान गरिसकेकाले दलहरुले एक दुई चरण सामान्य छलफल गर्न सक्छन् तर त्यो गम्भीर नभई औपचारिकताका लागि मात्रै । किनकि प्रचण्ड नेतृत्वमा ओली जाने संभावना कल्पना भन्दा बाहिरको कुरा हो भन्छन् विश्लेषकहरु । सात दिनको म्याद गुज्रिएपछि बहुमतीय प्रक्रिया सुरु हुन्छ, त्यसमा काँग्रेस, माओवादी, मधेशवादी र केही साना दल मिलेर सरकार बनाउँछन् । राजनीतिक विश्लेषक केसी भन्छन्, ‘त्यसमा पनि लेनदेनमा कुरा नमिल्ने पुरानै रोग दोहोरिन सक्छ र नयाँ सरकारले पूर्णता पाउनै महिनौ लाग्न सक्छ ।’nepaliheadlines
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment