भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको खबरको रुसमा पनी चर्चा भएको छ ।
रुसको चर्चित मिडिया स्पुतनिक न्यूजले नेपालमा हुन लागेको सरकार परिवर्तनमा भारतको भूमिका रहेको भन्दै ओली सरकारबारे चर्चा गरेको हो ।
उसले ओलीको राजीनामामा भारतको हात भएपनि अब चीनको प्रभाव पनि नघट्ने दाबी गरेको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनले भारतलाई केही खेल्ने ठाउँ प्राप्त हुनसक्छ । तर, अब चीन आफ्नो प्रभाव गुमाउने पक्षमा छैन्,’ समाचारमा भनिएको छ- ‘भारतले पुरै नेपाललाई आफ्नो प्रभाव लिन खोजेपछि चीनले छाड्नेछैन् । चीनका कारण भारत पछि नै पर्नेछ ।’
नेपालमा भारत भन्दा चीनप्रति जनताको धारणा सकारात्मक रहेको भन्दै समाचारमा सरकार भारतले ढालेपनि नेपालमा पैदा हुने अस्थिरताका कारण चीनलाई पनि आफ्नो प्रभाव विस्तार गर्न र समर्थकहरु बढाउन स्पेस पैदा हुने उल्लेख छ ।
dainiknepal

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top