भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

condom-debateएजेन्सी- परिवार नियोजनको अस्थायी साधन कन्डमको नाम ‘आशा’ राखेकोमा महिला अधिकारकर्मीले विरोध गरेका छन् । महिलालाई अपमान हुने गरी कन्डमको नाम महिलाको नाममा राखेको भन्दै विरोध भएको हो । कन्डमको नामलाई लिएर विरोध भएपछि भारतको उत्तराखण्ड सरकार विवादमा तानिएको छ । उत्तराखण्ड सरकारले परिवार नियोजन कार्यक्रम अन्तर्गत बाँडिने कण्डमको नाम ‘आशा कण्डम’ राखेको छ ।
‘आशा’ नाम राख्दा यसले महिलाहरुको भावनामा चोट पुगेको भन्दै यसको चर्को बिरोध भएको हो । कन्डमको नामका कारण सरकारको निकै बिरोध भएपछि उत्तराखण्ड सरकारले आशा कण्डमलाई बितरण नगर्ने निर्णय लिएको छ । सरकारले बजारमा पठाइएको उक्त नामका कन्डम समेत फिर्ता लिन थालेको छ ।
महलिा हकहितका लागि काम गर्ने संस्था ‘आशा संस्था’ले कन्डमको नामले महिलाको अपमान भएको भन्दै कन्डमको नाम फेरेर स्वास्थ्यमन्त्रीले नै कन्मडको नाम ‘निरोध मन्त्री’ राख्न सक्छन् ? भन्ने प्रश्न तेर्साएका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top