भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाल उर्फ ‘गुगल ब्वाइ’ लाई दिइएको एक करोड रुपैयाँ औचित्यपूर्ण भएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् । साथै उनले शेरबहादुर देउवा र प्रचण्डको आग्रहमा ‘गुगल ब्वाइ’लाई मन्त्रिपरिषदले १ करोड दिने निर्णय गरेको तर्क गरेका छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा जनतासँग प्रत्यक्ष सम्वाद कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मलेसियाबाट राजु पुनले गुगल ब्वाइलाई किन एक करोड दिइएको भनी प्रश्न गरेका थिए ।ili

साथै कार्यक्रम सञ्चालकले महावीर पुनलाई सरकारले पैसा नदिइएको प्रशंग कोट्याउँदै ‘भविश्य बताउनेलाई १ करोड, भविश्य बनाउनेलाई जीरो’ किन भन्ने प्रश्न प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘गुगल ब्वाइ’को मुक्तकण्ठले प्रशंसा गर्दै उनमा दैवी शक्ति रहेको भाव प्रकट गरे । प्रधानमन्त्री ओलीले भने- ‘आदित्य दाहाल एउटा असाधारण, विलक्षण प्रतिभामात्रै होइन, प्रतिभाभन्दा पनि पृथक ! त्यसलाई के नाम दिने ?’

महावीर र आदित्यबारे प्रधानमन्त्रीको स्पष्टीकरण यस्तो छ-

महावीर पुनको एउटा खोज अनुसन्धानसम्बन्धी संस्था बनाउने प्रस्ताव छ । त्यसलाई ध्यान दिइएको छ र सकेसम्म छिटै त्यसमा केही-केही स्पष्ट पार्नुपर्ने कुराहरु सम्बन्धित मन्त्रीहरुरुले गर्नुभएको थियो र स्पष्ट पारेर ल्याउनुभनेको छु मैले । र, छिटै नै उहाँको काम त्यो अगाडि बढाउँछौं हामी ।

महावीर पुनजीलाई पैसा दिने कुरा होइन । महावीर पुनजीलाई पैसा दिने कुरा होइन कि उहाँको जुन सोच छ, त्यो योजनालाई, आयोजनालाई, त्यस कामलाई दिने हो । भोलिदेखि महावीर पुनलाई यति करोड दियो भनेर हल्ला चल्छ, त्यस्तो उहाँलाई दिने होइन, उहाँको अगुवाइमा गरिने कामलाई दिने कुरा हो । त्यो सरकारले गर्छ ।

शेरबहादुर देउवा र प्रचण्ड सत्ता पक्षका र विपक्षी दलका प्रमुख नेताहरु गुगल ब्वाइलाई लिएर मकहाँ आए

अब आदित्य दाहालको प्रशंगमा, आदित्य दाहाल एउटा असाधारण विलक्षण प्रतिभामात्रै होइन, प्रतिभा भन्दा पनि पृथक । त्यसलाई के नाम दिने ? पढाइ लेखाइ नभएको बच्चाले एउटा भाषामात्रै होइन, चिनियाँ भाषामा पनि लेखेर जवाफ दिने, रुसीमा पनि दिने, अर्को अंग्रेजीमा पनि दिने । यी सप्पै पढाइ लेखाइ नभएको बच्चाले कसरी गर्ने ?

अर्को, बच्चाले प्रयोग गर्ने होइन, ठूला मान्छेले प्रयोग गर्न सक्ने शब्दावली प्रयोग भएको हुन्छ र स्तरीय विचारहरु अभिव्यक्त भएको हुन्छ । र, फोरकाष्ट या भविश्य बताउने कुरा भन्दा पनि केही केही विलक्षणता अथवा अनौठा लक्षणहरु आदित्य दाहालमा छन् । तर, दुई वर्षको हुँदाखेरि विमारीको कारणले शारीरिक अपांगताजस्तो भएको छ र बडो मुस्किलले देब्रेहातले कलम चलाएर बडो मुस्किलले लेख्न सक्ने अवस्था छ । पढाइ लेखाइ छैन । दुईवर्षको उमेरमा ।

त्यसो भएको हुनाले यो उपचार पनि हुन्छ कि भन्ने भएपछि । आदित्य दाहालले नै लेखेछन् कि अमेरिकाको अस्पतालमा उपचार गर्दा ठीक हुन्छ कि भनेपछि आदित्य दाहाललाई उपचारका लागि दिएको त्यो पैसा बचेको थियो । उनीहरुले ल्याएर हाम्रो उपचारमा यति लागेन भनेर त्यो पैसा फिर्ता गर्दिए ।

अर्को, शेरबहादुर देउवा र प्रचण्ड सत्ता पक्षका र विपक्षी दलका प्रमुख नेताहरु गुगल ब्वाइलाई लिएर मकहाँ आए । आदित्य दाहाललाई लिएर मकहाँ आए ।

उपचारका लागि जुन रकम दिइएको थियो, त्यसमा थोरै रकम खर्च गरेर जो फिर्ता गरिएको थियो, त्यसमाथि केही लाख थपेर आदित्य दाहाललाई दिएको हो । जो साथीहरु लिएर आउने, उहाँकै समर्थकहरु ….।

भर्खरै शेरबहादुरजीसँग मेरो भेटघाट भो । त्यहाँ भेटघाट हुँदाखेरि उहाँले मलाई भन्नुभो आदित्य दाहाललाई रकम सहयोग गरेकोमा धन्यवाद । त्यो आदित्य दाहाललाई हैन कि एउटा प्रतिष्ठान छ, त्यसले योगा आदि इत्यादिका कामहरु गर्छ, त्यसलाई । र, आदित्य दाहाल ४ वर्षको बच्चा भए पनि उनलाई व्यक्तिले घर दिन्छु भन्न गए । तर, उनले म व्यक्तिबाट लिन्न भने । सरकारले गर्छ भने त्यो बेग्लै कुरा हो, व्यक्तिबाट लिन्न भन्ने कुरा थियो । त्यसो भएको हुनाले शेरबहादुरजीले मलाई धन्यवाद भन्नुभो । मैले भनंे- तपाईका कार्यकर्ताहरु, तपाईका समर्थकहरु चाँहि एकदम अनेक गर्ने ।

एउटा बुद्धिजीवीको मैले देखें, आदित्य दाहालका बा एमाले कार्यकर्ता, त्यसबाट युवाहरु परिचालन गरेर देशभरि जाने अनेक काम गरेको छ ओलीले । यो थाहा भो, पत्ता लागो भनेर रहस्योदघाटन भनेर एउटा … यस्ता दुईचारजना बुद्धिजीवीहरु छन् नेपालमा ।एउटा हल्ला पनि त्यस्तो चलाए ।

तर, यथार्थ त्यस्तो होइन । उहाँले पहिलेको सरकारले दिएको एक करोड पनि फिर्ता गर्नुभो । थोरैमात्रै खर्च भो, अरु फिर्ता गर्नुभो । त्यसमा त्यो अलिकति रकम थपेर फेरि यसपटक दिएको हो । त्यो शेरबहादुरजी र प्रचण्डजीको आग्रहमा ।

नेपाली जनताका अगाडि हामी सबै भएर गुगल ब्वाइलाई पालैपालो हामीले काखमा लिएर फोटो खिच्दै, अथवा एकजनाले लिएका ठाउँमा खिचेको फोटोहरु देखि लिएर …यो सम्मान होइन भनेर नबिर्सिनुहोला । यो एउटा औचित्यपूर्ण कुरा हो । औचित्यपूर्ण कुरा हो ।onlinekhabar

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top