भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
परासी – लगातारको वर्षासँगै झरही खोलामा आएको बाढीले नवलपरासीको सदरमुकाम परासीबजार डुबानमा परेको छ । परासी बजारको मुख्य क्षेत्र बुद्धचोकमा चार फिट भन्दा बढी पानी जमेको छ ।
झरही खोलाले आफ्नो नियमित बहाब छोडेर रामग्राम–२ बाट बस्तीमा पसेकाले परासीबजार डुबानमा परेको प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताए । बजारका घरमा पानी पसेकाले स्थानीय बासिन्दा घरको छतमा बसेका छन् ।
परासी बजारको उत्तरपट्टी रहेको सहुवाटिकरबाट पसेको झरही खोलाको पानीले सर्वसाधारण नागरिकका घरका साथै अधिकांश सरकारी कार्यालय समेत डुबानमा परेको पन्थीको भनाई छ ।
स्थानीय केशव पराजुलीका अनुसार गएराती २ बजे खोला बस्तीमा प्रवेश गरेको थियो ।
यस्तै नवलपरासीका सुनवल र बर्दघाट क्षेत्रका गाउँ समेत डुबानमा परेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले बताए ।
बिहीबार राति ११ बजेदेखिको वर्षा तथा राति २ बजेदेखि खोलामा बढेको पानीले डुबान बढेको भएको हो ।
मानवीय क्षति नभएको र उद्दार कार्यका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले बताए ।

Post a Comment