भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
क्युज सिनेमा हलमा आयोजित कार्यक्रममा बिराजले करिब दुई वर्षअघि नै नेपाली फिल्म खेल्ने कोसिस गरे पनि सम्भव नभएको बताए। तर ढिलै भए पनि आफ्नो उपस्थिति दमदार हुने अपेक्षा गरे।
'मलाई दर्शकले पहिलेजस्तो भूमिकामा रुचाउनु भएको थियो, त्यस्तै चरित्रको निरन्तरता हो यो फिल्म। पाँच वर्षपछि दर्शकको प्रतिक्रिया जान्न आतुर छु,' उनले भने।
फिल्ममा निशा अधिकारी र रविन तामाङ पनि मुख्य भूमिकामा रहेका छन्। निशाले बिराजको प्रशंसा गर्दै फिल्मको प्रोमो तथा गीतले फिल्म राम्रो बनेको संकेत दिएको बताइन्। प्रोमोमा थोरै ठाउँ पाएको भए पनि फिल्ममा आफ्नो भूमिका सशक्त रहेको उनको जिकिर थियो।
निर्माताका रुपमा पहिचान बनाएका रोजाले यसअघि दुई फिल्ममा आफैं मुख्य अभिनेताका रुपमा अभिनय गरेका थिए। उनले निर्माण तथा अभिनयको यही अनुभवलाई निर्देशनमा खन्याएको बताए। उनले द्वन्द्वप्रधान फिल्म रुचाउने दर्शकका लागि 'जय परशुराम' स्वादिलो खान्की रहेको बताए।
साउन २८ मा रिलिज हुने फिल्ममा महेश खड्काको संगीत रहेको छ भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन्। मौनता श्रेष्ठको लेखन रहेको फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन्।
Nagariknews
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment