भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Iदोस्रो विश्वयुद्ध निम्त्याउने प्रमुख व्यक्ति हुन्् हिटलर । ६० लाख यहुदीलाई ग्याँस च्याम्बरमा राखि उनैले नरसंहार गरेका थिए । दोस्रो विश्वयुद्धमा पराजय भएपछि उनको मृत्यु भएको थियो । उनको मृत्यु कसरी भएको थियो भन्ने बारेमा आजसम्म कसैले ठोकुवाका साथ भन्न सकेका छैनन् । कसैले उनी दोस्रो विश्वयुद्धको समाप्ति पछि पनि धेरै वर्षसम्म जिवित नै रहे भनेका छन् भने कसैले आत्महत्या गरे भनेका छन् । उनको मृत्यु आजपनि रहस्यको गर्वमा नै सिमित छ ।
आफ्नो नाजी अधिनायकत्वका लागि ६० लाख यहुदीको हत्या गरेपनि उनी सफल हुन भने सकेनन् । त्यही सिलसिलमा उनी अरबौंको हिरामोती धन दौलत बोकेको ‘गोल्डेन ट्रेन’ सहित जर्मनकालागि निस्किएका थिए । तर दुभाग्र्यवस् गोल्डेन ट्रेन बीचैमा गायव भयो ।
दुनियाँका सबैभन्दा ठूलो तानाशाह एडोल्फ हिटलरको एक मात्र सपना थियो, दुनियाँ भर एकछत्र शासन गर्ने । उनको नाम सुन्ने वित्तिकै दुनियाँ थरथरी काँप्थ्यो । हिटलरसँग खरबौंको बेहिसाब धन दौलत थियो । जब उनी उक्त खजनासहित भाग्दै थिए तब उनको मृत्युको खबर भन्दा अगाडि दुनियाँभर सनसनीपूर्ण खबर फैलियो की हिटलरको सम्पूर्ण खजना बोकेको गोल्डेन टे«न बाटोबाटै अचानक गायव भयो । २४ डिब्बा रहेको उक्त गोल्डेन ट्रेनमा खरबौंको हिरामोती धन दौलत थियो । उनी उक्त धन दौलत सहित जर्मनी प्रस्थान गर्दै थिए । तर उक्त ट्रेन जर्मन नपुग्दै बीचमै गायव भयो । हिटलरले उक्त गोल्डेन ट्रेन खोज्न निकै कोशिस गरे । तर नतिजा शुन्य भयो । हिटलरको खजना लुट्ने हिम्मत कसले ग¥यो ? र त्यो खजना कहाँ छ ? दुनियाँभर यो विषय एक रहस्य बनेर रह्यो ।
तर अब हिटलरको ‘गोल्डेन ट्रेन’ भेटिने भएको छ । गोल्डे«न टे«न पत्ता लगाउन पोल्यान्डको एक सुनसान क्षेत्रमा त्यहाँका अधिकारीहरु खटिएको समाचारमा उल्लेख छ । खोजकर्ताका रुपमा सम्लग्न अधिकारीहरुले द्वितीय विश्वयुद्धमा हराएको गोल्डन ट्रेन छिट्टै भेटिने अपेक्षा राखेका छन् ।
उक्त गोल्डेन ट्रेनको तलाश पुरै दुनियाँले ७५ वर्ष अघिदेखि गरिरहेको थियो । सो खरबौंको धन दौलत ६० लाख यहुदीहरुको नरसंहार पछि हिटलरले लुटेर ल्याएको थियो । उनी उक्त धन दौलत बोकेर जर्मन पुग्न चाहान्थे ।
सन् २०१६ अप्रिल ३० गते एक हिन्दी पत्रिकामा छापिएको खबर अनुसार हाल उक्त हराएको गोल्डेन ट्रेन पोल्याण्डको सरकारले पहिचान गरेको बताइएको छ । पोल्याण्ड स्थित चेक बोर्डरको छेउमा १८ वर्ग किलोमिटरको क्षेत्रमा विशेषज्ञहरुको टोली विभिन्न उपकरणहरु सहित खोजी कार्यमा सम्लग्न हुने बताइएको छ । उनीहरुले ट्रेनको आपपास बारुदी सुरुङसमेत हुनसक्ने आशंका गरेका छन् । त्यसकारण पोल्याण्ड सरकारले सावधानीपूर्वक उक्त काम गर्ने तयारीमा रहेको बताइएको छ । दशकौंदेखि हराईरहेको हिटलरको गोल्ड्रेन टे«न भेटिएसँगै द्वितीय विश्वयुद्धका कयौं रहस्यहरुसमेत खुल्ने अधिकारीहरुले विश्वास गरेका छन् ।
एजेन्सी

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top