भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नेकपा माओवादीसँग मिलेर सरकार गठन गर्ने पार्टीको निर्णय गलत भएको बताएकी छिन् ।
केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै सुजाताले माओवादीसँग मिलेर सरकार गठन गर्नु गलत भएको बताउँदै एमालेसँग मिलेर कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राखेकी हुन् ।
यसो गर्दा संविधान कार्यान्वयन लगायत विकास निर्माणका महत्वपूर्ण कार्यहरु सफल हुनसक्ने उनको धारणा थियो ।
बैठकमा एमाले छोडेर एमओवादीसँग सत्ता गठबन्धन गर्न खोजिएको भन्दै उनले आपत्ति पनि जनाएकी थिइन् । उग्रवामपन्थी माओवादीसंग किन गठबन्धन गरिएको भन्ने प्रश्न गर्दै कम्युनिष्ट पार्टीका रुपमा एमालेसँगै गठबन्धन ठीक हुने उनको सुझाव थियो ।
सुजाताले भनिन्– ‘कम्युनिष्ट पार्टीलाई नै लिंदा कांग्रेसका लागि एमाले नै ठीक थियो तर, माओवादीलाई किनि रोजियो ? ठूलो दलको रुपमा आफैंले सरकारको नेतृत्व गर्नुपर्नेमा तेस्रो दललाई किन अघि सारियो ? यसमा पार्टी नेतृत्वले जवाफ दिनुपर्छ ।’
संविधान कार्यान्वयन र मुलुकका जटिल समस्या समाधानका लागि काँग्रेसले एमालेलगायत सबै दलसँग मिलेर अघि बढ्नाको विकल्प नरहेको तथा काँग्रेसका कारणले मुलुकको राजनीति अस्थिर हुन नहुनेमा जोड दिँदै सरकार ढाल्ने बारेमा जनतालाई स्पष्ट जानकारी दिनुपर्ने माग पनि सुजाताले बैठकमा राखेकी थिइन् ।
बैठकमा रामचन्द्र पौडेल पक्षधरका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री फेर्ने प्रक्रियाप्रति पार्टी सभापतिसँग तीव्र विरोध जनाएका थिए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top