भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले तेस्रो देश पुनर्वास कार्यक्रम अघि सारेपछि नेपालीभाषी भुटानी शरणार्थीको ठूलो संख्या अहिले तेस्रो मुलुक पुर्नवासमा गएका छन् । लगभग १ लाख ३० हजारको संख्यामा रहेका शरणर्थीलाई स्वदेश फर्काउने प्रयास असफल भएपछि सन् २००८ देखि अमेरिका, क्यानाडा र अष्ट्रेलिया लगायतका देशमा पुर्नःस्थापना गरिएको हो । अहिलेसम्म करिब एकलाख १८ हजार शरणार्थी तेस्रो मुलुुकमा स्थापित भईसकेका छन् । बाँकी रहेका मध्ये झण्डै १२ हजार पनि जाने प्रक्रियामा छन् ।
प्रारम्भमा तेस्रो देश पुनर्वास प्रस्तावको विरोध भएपछि युएनएचसीआरले तीनवटा प्रस्ताव तेस्रो देश पुनर्वास, भुटान फिर्ती र नेपालमै समायोजन हुने प्रस्ताव अघि सारेको थियो । तीनवटै प्रस्ताव एकैपटक खुला गर्ने भनिए पनि युएनएचसीआरले आजसम्म पनि दुईवटा प्रस्ताव मात्रै कार्यन्वयनको प्रक्रियामा लगेको छ । जसले गर्दा स्वदेश फिर्न चाहने शरणार्थीहरु आक्रोशित छन् । धेरै जसोले स्वदेश फिर्ने आशा मरिसकेको बताएका छन् ।
युनएनएचसीआरको पछिल्लो तथ्याङ्कअनुसार अब करिब १४ हजार ५ सय शरणार्थी मात्र शिविरमा छन् । त्यसमध्ये पनि १२ हजारले तेस्रो देश पुनर्वासको इच्छापत्र भरेका छन् । पुनर्वास कार्यक्रम अन्त्य हुने बेला सन् २०१६ को अन्त्य सम्ममा सबै शरणार्थी पुनर्वास भइसक्ने उसको दाबी छ ।
तर स्वदेश फर्कन चाहनेहरु यसलाई स्वस्फुर्त मान्दैनन् । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ति समितिका अनुसार अहिले पनि ४ हजारको संख्याका शरणार्थी स्वदेश नै फकन्छौं भन्ने अड्डीमा छन् । समितिका अध्यक्ष डा.भम्पा राईले स्वदेश फिर्ता मात्रै आफुहरुको अन्तिम विकल्प भएको भन्दै यसका लागि भुटानसँग समन्वय गरिदिन नेपाल सरकारसँग माग गरेका छन् ।
नेपालमा रहेका भुटानी शरणर्थीलाई स्वदेश फर्काउन नेपाल सरकार र भुटान सरकार बीच विभिन्न चरणमा वार्ता भएपनि शरणर्थीले स्वदेश फर्कन पाएनन् । भुटान पिपुल्स पार्टी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ति समिति, भुटान गोर्खा मुक्ति मोर्चा लगायतका राजनीतिक दल र मानवअधिकारवादी संघ सस्थाले स्वदेश फिर्तिका लागि पटक पटक आन्दोलन गरे पनि भुटान सरकारले आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छैन ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment