भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसोसियसनका अध्यक्ष डा भोला रिजालले डा केसीको यस पटकको अनशन चिकित्सा शिक्षालाई सिध्याउन रचिएको आरोप लगाए।
उनले भने, ‘जब मेडिकल कलेजमा भर्नाको समय आउँछ, तब मेडिकल शिक्षाको सुधारको लागि भन्दै विद्यार्थीमा भ्रम फैलाएर विदेश पठाउनेलाई डा केसीले उत्साहित गरिरहनु भएको छ।'
निजी क्षेत्रले प्रत्येक वर्ष ३०० जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको उल्लेख गर्दै डा केसीले निजी कलेजमा विद्यार्थी सङ्ख्या कोटा कटौतीको माग राख्नु छात्रवृत्ति कोटा घटाउनु भएको दाबी गरे।
एसोसियसनले निजी कलेजमा विद्यार्थी सीट सङ्ख्या कटौती गर्न नहुने, विदेशी विद्यार्थीलाई नेपालका निजी कलेजमा अध्ययन गराउने वातावरण सिर्जना गर्नुपर्ने, सीट सङ्ख्या कटौती गर्दा अस्पतालको शय्या पनि घट्ने हुँदा बिरामीको स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने वातावरण सिर्जना गर्न नहुनेलगायतका माग अघि सार्दै माग पूरा नभए आन्दोलनमा जाने घोषणा गरेको छ। रासस
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment