भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २ – टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । 

इस्थानबुलसहित देशका मुख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कुमा संलग्नलाई फासीको सजाय दिन माग गरेका छन् । सेनाको समूहले गरेको कुको प्रयास २४ घण्टा भित्र असफल भएको हो ।

संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षका धर्म गुरु फतहुल्लाह गुलेन कु गराउन संलग्न रहेको भन्दै उहाँ विरुद्ध कारबाही गर्न माग गर्नुभयो । 

अमेरिकाले धर्मगुरु गुलेन विरुद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ । धर्मगुरु गुलेनले भने कुमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको बताउँदै आउनुभएको छ । 

यसैबिच कुको प्रयास असफल भएपछि दुई हजार ८ सय ३९ सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनिक जर्नेलहरुपछि छन् । दुई हजार सात सय जना न्यायाधीशलाई त्यहाँको सरकारले बर्खास्त गरेको छ । 

शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयासपछि भएका झडपको क्रममा सर्वसाधारण नागरिक र प्रहरी गरी एक सय ६१ जनाको ज्यान गएको छ । यस्तै कुमा संलग्न एक सय चार जना सैनिक मारिएका छन् ।

एक चार ४ सय ४० जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री बिनाली यिल्डिमिरले कुको प्रयास टर्कीको प्रजातान्त्रिक इतिहासमा कालो धब्बा रहेको बताउनुभयो । – एजेन्सीको सहयोगमा 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top