भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

प्रधानमन्त्री केपी ओलीको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

संसदमा कांग्रेस, माओवादी र नेकपा संयुक्तका गरुी २ सय ९१ भन्दा बढी सांसदको हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । संसदीय अभ्यासमा सरकारको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कि विश्वासको मत लिनुपर्ने हुन्छ । कि त पदबाट राजिनामा दिनुपर्ने हुन्छ । संसदीय राजनीतिमा बहुमतको कदर गर्नु लोकतान्त्रिक विधि र प्रक्रिया हो । संसदीय व्यवस्थामा सरकार ढाल्ने र गठन भइरहन्छ ।

संसदीय व्यवस्थामा आफ्नो निर्णय गर्न राजनीतिक दलहरु स्वतन्त्र हुन्छ । आफ्नो मुद्दा नमिल्दा सरकार छोडनु सामान्य नै मानिन्छ । तर ओलीले प्रचण्डले साथ छोडदा आकाश नै खस्लाजस्तो कोलाहल गरिरहेका छन्। संसदीय व्यवस्थाको कारण देशमा राजनीतिक अस्थिरता बढ्दै गएको भन्दै जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको बहस भएपनि ६५ बर्षपछि जारी भएको संविधानमा अटाउन सकेन । राजनीतिक दलहरुको इच्छा र मर्जी अनुसार नै संसदीय व्यवस्था राख्ने संविधान जारी भयो । संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकारमा नौ महिनासम्म साथ दिएको माओवादीले सम्बन्ध विच्छेद गरेर नयाँ सरकारको गृहकार्यमा लागेको छ । संसदीय व्यवस्था अनुसार प्रधानमन्त्री ओली राजिनामा नदिएर अहंकारको बिऊ रोपिरहेका छन् । अल्पमतमा परेको सरकारमा टेको लगाएर थाम्ने दिवासपना देख्दै आएको छ ।

ढोकाबाट छिडेर झ्यालबाट हाम फाल्दिन

माओवादीले साथ छोडेपछि अहिले प्रधानमन्त्री ओलीको मुख्य काम नै माओवादीलाई गालीगलौज भएको छ । त्यसै त उखान टुक्का धनी ओलीले पुनः नयाँ नयाँ उखान टुक्काको प्रयोग गर्न थालेका छन् । लोकतन्त्रको दुहाई दिने र संसदीय व्यवस्था अब्बल भन्ने ओली यतिखेर अल्पमतमा पर्दा पनि बहुमत प्राप्त सरकारकोजस्तै चट्टने अडान राख्दै आएको छन् । प्रधानमन्त्री ओलीलाई सल्लाहकारहरुले दिएको गलत सल्लाहको कारण अहिलेसम्म कमाएको लोकप्रियता पनि विस्तारै सिध्याउने ध्याउन्नमा लागेका छन् । प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग ढोकाबाट छिरेर झ्यालबाट हाम नफाल्ने बताउन थालेका छन् ।


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top