भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
। देउवाले पत्नि आरजुलाई विश्वास गर्नु स्वाभाविक हो तर यावत राजनीतिक काममा आरजुले आफै सभापति हुँ जस्तो गर्न थालेपछि देउवा समूह समस्यामा आएको बुझिन्छ पति देउवा सभापति हुनु अघि म्याडम अगिाडि देखा पर्नुहुन्थ्यो, अहिले देउवाको तर्फबाट उहाले नै निर्णय लिनुहुन्छ । कांग्रेसका एक पीडित नेताको गुनासो हो यो । विमलेन्द्र चाँही देउवा सभापति बनेपछि मात्र हावी बनेका छन् । त्यसअघि देउवा वरिपरीको टिममा खुमबहादुर, पूर्णबहादुर खड्का , बालकृष्ण खाँड, एनपी साउद, प्रकाशशरण महत लगायतका पनि देउवाको टिममा भित्रिया बनेका थिए । जे काम पनि टिम भित्र सल्लाह गरेर हुन्थ्यो ।
पार्टी सभापति चुनाव र संसदीय दलको चुनावमा पनि यही टिमले रणनीति बनाएर गर्ने गरेको थियो । तर, पछि देउवाले कसैको कुरा सुन्न छाडे विमलेन्द्र र आरजुको बाहेक । विगतमा गिरिजाप्रसाद कोइरालाले नोना कोइराला र सुशील कोइराला बाहेक अरुको कुरा नसुनेको भन्दै कांग्रेस भित्र सारी र दारीको उपमा चर्चित भएको थियो । अहिले देउवाको कालमा पनि दारी र सारी चर्चित भएपछि कांग्रेसीहरु भन्छन् दारी र सारीले कहिले नछाडने भयो ।
साँघु साप्ताहिकमा समाचार छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment